प्रहरी प्रधान कार्यालय नक्सालका कुल ४४ जनामा काेराेना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ श्रावण १५ गते, बिहीबार १२:१४ मा प्रकाशित

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रधान कार्यालयमा यसअघि ३५ जनामा संक्रमण पुष्टि भएको थियो । यहाँ कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । संक्रमितलाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगिएको बताइएको छ । उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।