नेपालसहित ७ देशका नागरिकलाई कुवेत प्रवेशमा रोक

होमल्याण्ड खबर

२०७७ श्रावण १६ गते, शुक्रबार ०९:३१ मा प्रकाशित

काठमाडौं । कुवेत सरकारले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । बीबीसीका अनुसार कुवेतको हिजो बसेको मन्त्रिपरिषद बैठकले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।

कवेतले अगष्ट १ देखि व्यवसायिक उडानहरु खोल्दैछ । तर उडान खुले पनि नेपालसहित सात देशका नागरिकले भने कुवेत प्रवेश गर्न पाउने छैनन् । कुवेत खाडीको सानो देश भए पनि त्यहाँ झण्डै ७० हजार नेपाली कार्यरत छन् । गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति खुलेसँगै कुवेत जान पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । कुवेतले नेपाली नागरिकलाई प्रबेशमा रोक लगाएकोमा नेपाल सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन ।