११ जेष्ठ २०८३, सोमबार
काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
केही दिन अघि सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।


बिहीबार साँझ देखि शुक्रबार बिहानसम्म थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरीले जनाएको छ । यो सगैँ प्रहरी प्रधान कार्यालय नक्सालमा संक्रमित प्रहरीको संख्या ७२ पुगेको छ । जसमा सई एक, असई तीन, हवल्दार १७, प्रहरी जवान ४९ र कार्यालय सहयोगी दुईजना छन् । अधिकांश संक्रमित सवारी शाखाका छन् ।