११ जेष्ठ २०८३, सोमबार
काठमाडौं, वीरगञ्जका मेयर विजयकुमार सरावगी कोरोना भाइरस (कोभिड १९) संक्रमण भएपछि अहिले उहाँलाई आइसीयुमा राखिएको छ ।
बिहीबार काठमाडौंमा कोरोना भाइरस संक्रमण पुष्टि भएको उहाँको अवस्था स्थिर रहेको बताइएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आउनु भएका सरावगीको काठमाडौंमा नै कोरोनाभाइरस परीक्षण गरिएको थियो ।


परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वयं सरावगीले समाजिक सञ्जालमा लेख्नु भएको छ । वीरगञ्जमा कोरोनाभाइरस संक्रमण अब समुदाय स्तरमा फैलिइसकेको पनि उहाँले फेसबुकमा लेख्नु भएको छ ।
जनताको सेवामा लाग्दालाग्दै आफुलाई कोरोनाभाइरस संक्रमण भएको उहाँको भनाइ छ ।