११ जेष्ठ २०८३, सोमबार
काठमाडौं, पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । यसैबीच, पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालका अनुसार उच्च रक्तचापको समस्याका कारण उनी यही साउन ६ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।


आज विहान ९ ः १५ बजे संक्रमित उक्त महिलाको निधन भएको पनि प्रमुख डा. गेलालले जानकारी दिए ।