विराटनगरमा शनिबारदेखि दुई सातासम्म लकडाउन हुने

होमल्याण्ड खबर

२०७७ श्रावण १६ गते, शुक्रबार १५:४० मा प्रकाशित

काठमाडौ : विराटनगरमा भोलि शनिबारदेखि पुनः लकडाउन गरिने भएको छ । दुई सातासम्मका लागि विराटनगरमा लकडाउन गरिने प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण बढेका कारण लकडाउन गर्ने निर्णय भएकाे उनले बताए । उनका अनुसार शुक्रबार राति १२ बजेबाटै महानगरपालिका क्षेत्रभित्र १४ दिन लकडाउन गर्ने निर्णय भएकाे हाे ।

लकडाउन थप कडा हुने विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । विराटनगरमा कोरोना संक्रमितको संख्या सय नाघेको छ । शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १०७ पुगेको हो ।