८ मंसिर २०८१, शनिबार
इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बैङलोरले शिर्ष स्थानको सनराइजर्स हैदरावादलाई १४ रनले पराजित गरेको छ ।
बैङलोरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउदै दुई सय १८ रन बनायो ।
३८ रन हुदा दुई विकेट गुमाइसकेको बैङलोरका लागि एवी डिभिलियर्स र मोयन अलीले तेस्रो विकेटका लागि एक सय सात रनको साझेदारी गर्दै पारी सम्हाले ।
डिभिलियर्सले ६९ रन बनाए भने अलीले ६५ रनको योगदान गरे । यस्तै कोलीन ग्राण्डहोमले ४० र सरफराज खानले २२ रन थपे । बलिङ तर्फ हैदरावादका रासिद खानले तीन विकेट लिए ।
जवाफमा हैदरावादले २० ओभरमा तीन विकेट गुमाउदा दुई सय चार रनमा रोकियो ।
६४ रनमा दुई विकेट खेर फालेको उसका लागि कप्तान केन विलियम्सन र मनिश पाण्डेले तेस्रो विकेटका लागि एक सय ३५ रनको साझेदारी गर्दै जितको नजिक पुर्याएका थिए ।
तर अन्तिममा ओभरमा हैदरावादलाई जितका लागि २० रन चाहिएकोमा पुरा गर्न सकेन । उसका लागि विलियम्सनले ८१ रन बनाए भने मनिशले ६२ तथा एलेक्स हल्सले ३७ र शिखर धवनले १८ रन बनाए ।
बैङलोरको जितसागै प्लेअफमा पुग्ने दुई टिमको टुङगोका लागि कोलकाता, मुम्बइ, बैङलोर, राजस्थान र पञ्जाव विच प्रतिस्पर्धा हुने भएको छ ।
कोलकाताको १४ अंक छ भने अरु चार टिमको समान १२ अंक छ । सबै टिमले अन्तिम खेल खेल्न बाकि छ । यो अवस्थामा जुन टिमले जित निकाल्यो त्यो टिम प्लेअफमा पुग्ने देखिएको