११ जेष्ठ २०८३, सोमबार
काठमाडाैं । काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३१ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।
संक्रमितहरु काठमाडाैंकाे २२, ललितपुरकाे ८ र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए ।

