इटहरीमा लकडाउन, औषधीपसल बाहेकका सबै सेवा ठप्प

होमल्याण्ड खबर

२०७७ श्रावण २१ गते, बुधबार ०८:४४ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले बुधबारदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

केही दिनयता इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै परीक्षणको दायरालाई तीब्रता दिईइको थियो । १५ गते यता मात्रै ३ सय ५२ जनाको स्वाब संकलन गरिएको र तीमध्ये मंगलबार मात्रै ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि लकडाउन गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले जानकारी दिए ।

‘मंगलबार पनि थप एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ,’ मेयर चौधरीले भने, ‘२५ गतेसम्मका लागि सबै बजार क्षेत्र लकडाउन गर्ने निर्णय भएको हो ।’ इटहरीका बुद्धिजीवि, सरोकारवाला निकाय, प्रहरी प्रशासन लगायत बसेको बैठकले उक्त निर्णय गरेको हो । अहिलेसम्म इटहरी क्षेत्रमा इटहरी नगर क्षेत्र ५ दिनका लागि लकडाउन गर्ने निर्णय भएको छ ।

बुधबारबाट दूध र औषधीका पसलहरू बाहेक सम्पूर्ण पसल व्यावसाय, तथा कार्यालयहरु समेत बन्द हुनेगरी लकडाउन गर्ने निर्णय भएको छ । उद्योग कलकारखाना बाहेक सबै क्षेत्र बन्द हुने बताईएको छ । राजधानी दैनिकबाट