सिंहदरबार प्रवेशमा कडाई

होमल्याण्ड खबर

२०७७ श्रावण २१ गते, बुधबार ११:४६ मा प्रकाशित

काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाई गरिएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि अत्यावश्यक बाहेकका व्यक्तिको प्रवेशमा कडाई गरिएको सिंहदरबार गण प्रहरीले जनाएको छ । त्यसका लागि अस्थायी पास बन्द गरिएको गरिएको छ ।

सिंहदरबार भित्र कार्यरत कर्मचारी, अत्यवाश्यक काम लिएर पुग्ने व्यक्ति, प्रेस पास लिएका पत्रकारलाई मात्रै प्रवेश दिइएको छ । भिडभाड कम गरी संक्रमणको जोखिम कम गर्नका लागि संसदीय समितिको बैठक पनि केही समय नडाक्ने गरी तयारी भएको स्रोतले जनाएको छ । कोरोना संक्रमण बढ्दै जाँदा सरकारले फेरि लकडाउन गर्ने विकल्पमा छलफल गरिरहेको छ ।