१० जेष्ठ २०८३, आईतवार
सुनसरी । जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि जिल्ला सुरक्षा समितिको बैठकले साउन २६ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुधबार बसेको सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि साउन २६ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
सुनसरीको धरान, इटहरी, दुहबी, इनरुवालगायतका स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएपछि निषेधाज्ञा जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।


निषेधाज्ञाभर बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द हुने र सर्वसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । यसअघि सुनसरीका धरान, इटहरी, इनरुवा, दुहबी नगरपालिकाले गरेको लकडाउनलाई स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाले अझ कडा बनाउने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।