पछिल्लो २४ घण्टामा ३ सय ८१ संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ श्रावण २१ गते, बुधबार १६:४३ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ८१ जनामा कोरोना भाइरस संक्रमण दखिएको छ । देशका विभिन्न प्रयोगशालमा ६ हजार एक सय ७४ जनामा गरिएको परीक्षणमा बुधबार तीन सय ८१ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार तीन सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा हाल ६ हजार एक सय ७४ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

प्रवक्ता डा.गौतमका अनुसार २४ घन्टामा १३० जना काेराेना संक्रमित डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १५ हजार एक सय ५६ जना पुगेका छन् । नेपालमा काेराेना संक्रमणबाट हालसम्म ६० जनाकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ ।