१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि भर्ना भएका ३ जना बिरामी, १ चिकित्सक र १ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।
गंंगालालमा चिकित्सक, नर्स र बिरामीमा कोरोना संक्रमण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले पुष्टि गर्नुभयो ।


संक्रमित बिरामीलाई पाटन अस्पतालको आइसोलेसनमा पठाइएको र संक्रमित चिकित्सक, नर्स र ल्याबका कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।
दुई साताअघि पनि गंगालाल अस्पातलमा उपचाररत बिरामी र सुरक्षागार्डमा कोरोना संक्रमण भएको थियो । त्यति बेला कन्ट्रयाक ट्रेसिङमा गंगालालसँगैको रेस्टुरेन्ट सञ्चालक र परिवारका ३ जना सदस्यमा समेत कोरोना संक्रमण प्रमाणित भएको थियो ।