१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ। प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीसँगै उनका चालक,व्यक्तिगत सुरक्षा गार्ड(पीएसओ),अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।बुधबार राति आएको रिपोर्टमा मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो।उनीहरुको अहिले स्वास्थ्य सामान्य रहेको बताइएको छ ।


मन्त्री यादव हालै काठमाडौंबाट फर्किएका थिए । काठमाडौंबाट प्रदेशमा फर्किएलगत्तै स्वास्थ्य जाँच गराउँदा कोरोना पोजेटिभ देखियो हो । प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन उनीहरु काठमाडौं आएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रामबहादुर थापा बादल,गृहसचिव,प्रहरी महानिरीक्षकलगायत सहभागी थिए ।