१० जेष्ठ २०८३, आईतवार
जनकपुरधाम । कोरोना संक्रमण पुष्टी भएका मन्त्री खुलेयाम भेटघाटमा व्यस्त रहेका छन् । बुधबार साँझ प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना पुष्टी भएका उनी पछिल्लो एक हप्तामा ‘भिभिआइपी’ व्यक्तिहरुसँगको भेटमा व्यस्त देखिए । उनले मन्त्री , प्रधानमन्त्री हुँदै विभिन्न व्यक्तिहरुलाई सहज ढंगबाट भेट्दैै हिँडिरहेका छन् ।
मन्त्री यादव बालुवाटारमा संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रस्ताब पारित गर्दै प्रहरी समायोजन सम्बन्धि समन्वय समितिको बैठक सहभागी भएका थिए । सो बैठक प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री राम बहादुर थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृह मन्त्रीका द्वय सल्लाहकार, प्रहरी महानिरीक्षक लगाएतको सहभागीतामा सम्पन्न भएको थियो ।


त्यस्तै मन्त्री यादव धनुषामा पार्टी प्रवेश कार्यक्रममा समेत सहभागि भएका थिए । मन्त्री यादव साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा बुधबार साँझ उनको रिपोर्ट पोजेटिभ आएको थियोे ।