प्रहरी प्रधान कार्यालयका थप १० प्रहरीमा कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७७ श्रावण २२ गते, बिहीबार १४:१६ मा प्रकाशित

काठमाडाैं ।  प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप दश प्रहरीमा कोरोना संक्रमण देखिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले प्रधान कार्यालय थप १० जनामा संक्रमण देखिएको बताएका छन् ।

यो सँगै प्रधान कार्यालयमा कार्यरत संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ