संघीय संसदका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७७ श्रावण २२ गते, बिहीबार १५:१९ मा प्रकाशित

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । मंगलबार कोरोना परीक्षणका लागि स्वाब दिएका पाण्डेको रिपोर्ट पोजिटिभ आएको संसद सचिवालय स्रोतले जनाएको छ । पाण्डे प्रतिनिधिसभा सदस्य प्रदिप यादवसहितको टोली वन व्यवस्थापनको अनुगमनका लागि केही दिनअघि सिन्धुली पुगेको थियो ।

यादवमा कोरोना पुष्टि भएपछि उनीसँगै गएका पाण्डेसहित ८ जनाको स्वाब संकलन गरिएको थियो । पाण्डेमा संक्रमण पुष्टि भए पनि उनीसँगै गएका अन्य सदस्यमा भने कोरोना संक्रमण देखिएको छैन् ।