१० जेष्ठ २०८३, आईतवार
रुपन्देही । रुपन्देहीमा राष्ट्रिय परिचय पत्रको लागि तथ्याङ्क संकलन कार्य सुरु भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीको तथ्यांक संकलन गरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विवरण दर्ताका लागि कम्प्युटरलगायतका आवश्यक उपकरणहरु राखिएको छ ।
नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सकिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणालीको विकास गर्ने, जैविक पहिचान सहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचय पत्रको उद्देश्य छ ।

