इलाममा सशस्त्र प्रहरीका १६ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ श्रावण २२ गते, बिहीबार १६:३६ मा प्रकाशित

सशस्त्र प्रहरी बलको नं. १ गण इलाममा कार्यरत थप १६ जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टिन व्यवस्थापनमा खटिएका अधिकारीहरु छन् । योसँगै इलाममा सशस्त्र प्रहरीका ४७ जना अधिकारी संक्रमित भइसकेका छन् । संक्रमित प्रहरीको विराटनगर वा धरानमा मध्ये एक स्थानमा उपचार हुने सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले बताए ।
उनका अनुसार हाल देशभर सशस्त्र प्रहरीका १५८ जना अधिकारी संक्रमित छन् । तीमध्ये ७४ जना उपचाररत छन् भने अन्य निको भएर घर फर्किसकेका छन् ।