३६० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २१ हजार ७५० पुग्यो

होमल्याण्ड खबर

२०७७ श्रावण २२ गते, बिहीबार १६:५१ मा प्रकाशित

नेपालमा थप ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३६० जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मुलुकमा कोरोनाका संक्रिय बिरामीको संख्या ६ हजार २ सय ९६ गौतमको भनाई छ । पछिल्लो २४ घण्टामा २३३ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको संख्या १५ हजार ३८९ पुगेको छ ।