१० जेष्ठ २०८३, आईतवार
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेशनमा बसेका छन् । केही दिन अघी काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश नं.२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै कार्की होम आइसोलेशनमा बसेको उनका स्वकीय सचिव कमल पौडेलले जानकारी दिए ।
मन्त्री कार्कीले आफूहरुसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गरेका छन् । मन्त्रीको निवासमा कार्यरत सबैको स्वाब संकलन गर्ने तयारी गरिएको छ ।

