१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं ५ अन्तर्गत रहेको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।
गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा एकै स्थानका आठ जनालाई कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्र अर्को सूचना जारी नहुनजेलसम्मको लागि सिल गरिएको छ ।


नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्र सिल गरिएको महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डंगोलले बताए ।
सुरुमा सुरुमा उक्त टोलको एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा पनि कोरोना देखिएको थियो । उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।