कोरोना संक्रमित एक पुरुषको मृत्यु

होमल्याण्ड खबर

२०७७ श्रावण २५ गते, आईतवार ०८:४१ मा प्रकाशित

काठमाडौँ । पोखरामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचारत पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

साउन १७ गते अस्पताल भर्ना भएका उनको आईसीयूमा राखेरउपचार हुँदै आएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । मृतक पुरुष डायबिटिज रोगबाट पीडित थिए ।