१० मंसिर २०८१, सोमबार
एजेन्सी : इटालियन क्लब युभेन्टसले आफ्ना पूर्व स्टार आन्द्रे पिर्लोलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।
च्याम्पियन्स लिगबाट बाहिरिएपछि युभेन्ट्सले माउरिजियो सार्रीलाई बर्खास्त गरेको थियो । त्यसको केहि घन्टामा युभेन्ट्सले पिर्लोलाई नयाँ प्रशिक्षकका रुपमा प्रस्तुत गरेको छ ।उनले युभेन्टसको जर्सिमा ४ वटा सिरी ए, १ वटा कोपा इटाली , २ वटा सुपर कोपा इटली जितेका थिए ।
यो सिजन सारीको मुख्य प्रशिक्षणमा युभेन्टस इटालियन सुपर कप र कोप्पा इटालिया दुवै प्रतियोगिताको फाइनलमा पराजित भएको थियो ।
सिजनको सुरुवातमा चेल्सी छोडेर युभेन्टस आएका सार्रीले च्याम्पियन्स लिगमा खराब प्रदर्शन गर्नु नै बर्खास्तीको मुख्य कारण रहेको बताइएको छ ।