नेकपा महासचिव पौडेलका अंगरक्षकमा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७७ श्रावण २५ गते, आईतवार १८:१९ मा प्रकाशित

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीएसओ)लाई कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । अंगरक्षकलाई संक्रमण भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन् ।

शुक्रबार महासचिव पौडेलसहित उनका अंगरक्षकहरुको स्वाब संकलन गरिएको थियो । पौडेल र उनीसँगै स्वाब लिइएका सबैको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ । संक्रमण पुष्टि भएका अंगरक्षकलाई अस्पताल भर्ना गरिएको छ ।