१० जेष्ठ २०८३, आईतवार
कास्की । कोरोना भारइरस भगाउने दाबी गर्ने अमेरिका,बेलायत,युरोपका धेरै क्रिश्चियन धर्मगुरुलाई कोरोनालेनै सिध्याएका समाचार बारम्बार आएका थिए । धर्मका नाममा मानिसहरुलाई भेला गराउने सयौँ विदेशी धर्मगुरु संक्रमित मात्र भएनन् उनीहरु यही कोरोना भाइरसकै कारण कफिनमा सुत्न बाध्य भए । पछिल्लो समय नेपालमा पनि यस्तै धर्मको राजनीति गर्ने इशाई धर्मगुरुको कोरोना भाइरस संक्रमणको कारण ज्यान गएको छ ।
कास्कीको पोखरा १९ लामाचौरमा धर्मकै आडमा भिड जम्म गर्ने, कोरोना नलाग्ने र आफूले जस्तोसुकै भाइरस भगाउने दाबी गर्ने एकजनाको मृत्यु भएको छ । लामाचौरमा ६२ वर्षे उनले ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ चलाउँदै आएको खुलासा भएको छ ।


ज्वरो र रुगाखोकी लागेकाले १६ असारमा आफैं अस्पताल भर्ना भएका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार गराइरहेका उनको शनिबार राति मृत्यु भएको पुष्टि अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनमा मधुमेहको समस्य रहेको बताइएको छ । ती वृद्धको सच्चाई केन्द्रमा जाने ६ जनामा कोरोना पुष्टि भएको छ । मृत्यु भएका वृद्धका परिवार भने हङकङमा बस्दै आएका छन् ।