१० मंसिर २०८१, सोमबार
काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमणबाट विश्वका २ करोड २३ हजार ५ सय २२ जना संक्रमित भएका छन् । हालसम्म ७ लाख ३३ हजार ९ सय ९५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । १ करोड २८ लाख ९७ हजार ९ सय ८८ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।
संक्रमितमध्ये ६३ लाख ९१ हजार ५ सय ३९ जनाको उपचार भइरहेको छ । ६४ हजार ६ सय ७६ जनाको अवस्था गम्भिर रहेको छ ।