१० जेष्ठ २०८३, आईतवार
वीरगञ्ज । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृत्युपछि आइतबार उनको स्वाब निकालेर नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।


पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो ।