कर्मचारीमा कोरोना पुष्टि भएपछि एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल

होमल्याण्ड खबर

२०७७ श्रावण २६ गते, सोमबार १५:३३ मा प्रकाशित

काठमाडौ । काठमाडौको लाजिम्पाटमा रहेको एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल गरिएको छ । कार्यालयमा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय सिल गरिएको हो ।

कन्ट्राक ट्रेसिङ पश्चात दुई दिन पछि कार्यालय नियमित सञ्चालनमा आउने बताइएको छ । बैंकको प्रधान कार्यालयमा पछिल्लो समय बाहिरी जिल्लाबाट पनि केही शाखा प्रवन्धकहरु आएको र उनीहरु सबैको परीक्षण गर्न लागिएको बैंक प्रशासनले जनाएको छ ।