काठमाडौं उपत्यकामा भोलिबाट सार्वजनिक यातायात नचल्ने, सरकारले लगायो रोक

होमल्याण्ड खबर

२०७७ श्रावण २६ गते, सोमबार २१:२९ मा प्रकाशित

काठमाडौं । सरकारले भदौ १५ सम्म पुनः सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

देशका बिभिन्न स्थानमा कोरोना भाइरसको जोखिम बढ्दै गइरहेकोले सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको हो।

यसअघि भदौ १ गतेदेखि अन्तर जिल्ला यातायात सञ्चालन गर्ने भनिएको थियो । तर आइतबार सीसीएमसीको बैठकले देशका बिभिन्न स्थानमा कोरोनाको जोखिम बढ्दै गएको भन्दै अन्तर जिल्ला यातायात र हवाई सेवा खोल्ने निर्णय स्थगित गर्न सिफारिस गरेको थियो।

कोरोना जोखिम बढेपछि लकडाउन औपचारिक रुपमा अन्त्य भएको तीन सातामै पुनः उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको हो।