गोंगबु हत्या प्रकरण : मुख्य आरोपी सार्वजनिक, हत्या गरेको स्वीकार

होमल्याण्ड खबर

२०७७ श्रावण २७ गते, मंगलवार १२:५५ मा प्रकाशित

काठमाडौं । गोंगबु हत्या प्रकरणकी मुख्य आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । रोल्पाका कृष्णबहादुर बोहराको काठमाडौंको गोंगबु हत्याप्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले कल्पना मुडभरी (पौडेल) लाई मंगलबार सार्वजनिक गरेको हाे ।

प्रहरीले चितवनबाट कल्पनासँगै घटनामा संलग्न भएको आशंकामा उनकी छोरीलाई पनि पक्राउ गरेको छ । कल्पना कलाकार समेत रहेको प्रहरीले जनाएको छ ।

कल्पनाले आफूले हत्या गरेको स्वीकार गरेकी छन् । कृष्णबहादुरले नक्कली फेसबुक बनाएर आफ्नो चरित्र हत्या गर्न थालेपछि आफूले हत्या गरेको कल्पनाले बताएकी छन् । अन्तरंग तस्वीरहरु नक्कली फेसबुक बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको कल्पनाले बयान दिएको प्रहरीले जनाएको छ ।