अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ श्रावण २७ गते, मंगलवार २२:०० मा प्रकाशित

काठमाडौं । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीले अख्तियारका प्रमुख घिमिरेलाई संक्रमण पुष्टि भएको बताएका हुन् । उनको स्वाबको नमुना लिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गरिएको थियो । मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना परीक्षण पोजिटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार घिमिरेसहित अख्तियारका अन्य तीन उच्च अधिकारीलाई पनि कोरोना संक्रमण भएको छ। तर उनीहरुको विवरण गोप्य राखिएको छ । अख्तियारमा कार्यरत ४१ जनामा कोरोना पुष्टि भइसकेको छ।