१० जेष्ठ २०८३, आईतवार
काठमाडौ। ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी जनकपुरकी २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।


यसअघि आजै कोरोना संक्रमणबाट सप्तरी र बुटवलमा गरी दुई जनाको मृत्यु भएको छ । सप्तरी को डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ का अन्दाजी ४२ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको अस्तपतालले जनाएको छ ।