महोत्तरीमा दाहसंस्कारपछि कोरोना पुष्टि,परिवारलाई सास्ती

होमल्याण्ड खबर

२०७७ श्रावण २८ गते, बुधबार १६:२१ मा प्रकाशित

महोत्तरी । महोत्तरीमा दाहसंस्कार सम्पन्न भएपछि एकजनामा पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महोत्तरीको मठियानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय पुरुषको दाह संस्कारपछि कोरोना संक्रमण पुष्टि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले जानकारी दिए ।

मधुमेह र फोक्सोका रोगी रहेका संक्रमित पुरुषको उपचारको क्रममा २ दिन पहिला जनकपुरधामको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो। तर रिपोर्ट आउन भन्दा पहिला नै शवलाई जलाइएको छ। यता मृतकको दाहासँस्कारमा गएका र सम्पर्कमा आएका करिब ५६ जना स्वाब अहिले कलेक्शन भईरहेको मठिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए। अहिले मठियानीको बजार क्षेत्र र वार्ड नं ६ पुर्ण रुपमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।