१० मंसिर २०८१, सोमबार
एजेन्सी ! पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पीएसजीले खेलको अन्तिम समयमा २ गोल गरेपछि एटलान्टालाई पराजित गर्दै यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
बुधबार राति भएको क्वार्टरफाइनल खेलमा इटालियन क्लब एटलान्टालाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । पीएसजीले नाटकीय कमब्याक गरेको हो । खेलको ९० मिनेटसम्म पीएसजीमाथि अटलान्टाले अग्रता बनाएको थियो । जारी खेलको २६औं मिनेटमा मारियो पासालिकले गोल गर्दै अटलान्टालाई पहिलो हाफभरि १–० गोलको अग्रता दिलाएका हुन् ।
त्यस्तै खेलको ९०औं मिनेटमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई बराबरीमा फर्काए । उनले नेयमारको पासमा गोल गर्दै पीएसजीलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसको ३ मिनेट बित्न नपाउँदै किलियन एम्बाप्पेको पासमा इरिक माक्सिम चौपो–मोटिङले गोल गर्दै पीएसजीलाई २–१ गोलको जित दिलाए । यश पछि थप गोल निस्कन नसक्दा पीएसजी विजयी भयो ।