१० जेष्ठ २०८३, आईतवार
काठमाडौ । १५ किलो नक्कली सुन प्रकरणमा खोजी गरिएका इल्ताफ हुसेन अन्सारीलाई पर्साबाट पक्राउ गरेर काठमाडौ ल्याइदै छ । प्रहरी प्रधानकार्यालयको विशेष टोली र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हुसेनलाई नियन्त्रणमा लिएको हो । हुसेन नक्कली नोट प्रकरणमा यसअघि पनि पक्राउ परेका व्यक्ति हुन् ।
साउन १३ गते प्रहरीले कमलादीबाट १५ किलो सुन फेला परेको जानकारी दिएको थियो। सुन्धाराबाट बरामद भएको सुनमध्ये आधा केजी सक्कली र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको थियो । उनी घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजी गरिरहेको थियो । सुन प्रकरणमा घटना भारतीय नागरिक सञ्जय पटेलको पनि संलग्नता रहेको खुलेको छ। उनी प्रहरीको खोजी सुचीमा रहेका छन् ।


प्रहरीले सुन बरामत भएको भोलीपल्ट पूर्वी नवलपरासीबाट देवान पटेल, विजय पटेल, निलेश सखियालाई नियन्त्रणमा लिएको थियो। उनीहरु तीनै जना भारतीय हुन्। उनीहको बयानपछि महानगरीय प्रहरी वृत दरबारमार्गमा सादा पोसाकमा खटिएका प्रहरी जवान प्रसन्न श्रेष्ठ र प्रहरीको सिआरभी गाडी चालक बहादुर सिंह कडायतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
उनीहरुले सुन तस्करीलाई सहयोग गरेको खुलेको हो। हुसेन पछिल्लो समय २०७२ जेठ ३० गते भारतिय नक्कली नोटको कारोबारमा ललितपुरबाट पक्राउ परेका थिए। जिल्ला अदालत ललिपुरले २०६७ जेठमा दोषी ठहर गर्दै तीन वर्ष कैद र २ करोड ६१ लाख रुफैयाँ विगो सुनाएको थियो ।