कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारको ६ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ श्रावण ३० गते, शुक्रबार ०९:०४ मा प्रकाशित

काठमाडौँ । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारको ६ जनाको मृत्यु भएको छ । लगातार वर्षाका कारण हाबै गाँउपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा वडासदस्य स्थानीय रजबहादुर बिष्टको घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु  भएको हो ।

पहिरोमा घर पुरिँदा बिष्टका दुई छोरा,दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए । मृत्यु हुनेमा १९ वर्षीया शान्ति बिस्ट,१८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षीय पुष्प, ११ वर्षका प्रबिन बिस्ट र १० वर्षीया रेखा बिस्ट रहेको  प्रहरीले जानकारी दिएको छ।

पहिरोका कारण घटना स्थलमा टेलिफोन सेवा अवरुद्ध रहेकाले विस्तृत विवरण आउँन सकेको छैन् । पहिरोस्थलमा प्रहरी परिचालन भइसकेको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए ।