चार कर्मचारीमा संक्रमण देखिएपछि हवाई इन्धन डिपो सिल

होमल्याण्ड खबर

२०७७ श्रावण ३० गते, शुक्रबार १७:२९ मा प्रकाशित

भैरहवा । चार कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपाल आयल निगम भैरहवाको हवाई इन्धन डिपो सिल गरिएको छ । कर्मचारीमा संक्रमण पुष्टि भएपछि १५ दिनका लागि डिपो सिल गरिएको निगमले जनाएको छ । ज्वरो आउने, खोकी लाग्ने लक्षणसहित कर्मचारी बिरामी भएपछि उनीहरुको स्वाव संकलन गरिएको थियो ।

शुक्रबार आएको रिपोर्टमा उनीहरुमा कोरोना भएको पुष्टि भएको निगमका एक अधिकारीले जानकारी दिए । एउटै कार्यालयमा काम गर्ने थप पाँच कर्मचारीलाई पनि आसोलेसन राखिएको र संक्रमितलाई अस्पताल लैजानेबारे छलफल भइरहेको बताइएको छ ।