१० जेष्ठ २०८३, आईतवार
धनुषाा । धनुषामा प्रतिनिधिसभाका सांसदसहित थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा बालरोग विशेषज्ञसमेत रहेका जनता समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादव सहित ४८ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
त्यस्तै जनकपुरधामस्थित जानकी हेल्थ केयरमा कार्यरत एक अन्य चिकित्सकसहित ४ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।


जनकपुरधामस्थित मुक्ति विकास बैंकका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै जनकपुरधाम उपमहानगरमा २२, मिथिला बिहारी नगरपालिकामा १, बटेश्वर गाउँपालिकामा १, हंसपुर नगरपालिकामा १, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा १, जमुनीवासमा १, मिथिला नगरपालिकामा ६, धनौजी गाउँपालिकामा १ र लक्ष्मीनिया गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।