१० जेष्ठ २०८३, आईतवार
सिन्धुपाल्चोक । लिदीमा पहिरोमा परेर हराइरहेकामध्ये १६ जनाको शव भेटिएको छ । शनिबार थप ५ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या १६ पुगेको हो । उनीहरु सबैको परिचय खुलेको छ ।
जुगल गाउँपालिका २ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यांमा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कविर दोङको शव भेटिएको हो ।


यस्तै हिजो ३६ वर्षकी टिकामायाँ दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ५ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावा लामु दोङ, ५ वर्षकी प्रिती दोङ र ५ महिनाकी तारा लामु दोङको शव भेटिएको थियो ।
पहिरोमा पुरिएर शनिबार जीवितै उद्वार गरिएका दावा ग्याल्बो दोङको चौतारामा उपचार भइरहेको छ । ९ वर्षका रुपबहादुर दोङ उपचारपछि घर फर्किएका छन् भने आज भेटिएका दावा ग्याल्बो दोङसहित ५ जनाको चौतारा र काठमाडौमा उपचार भइरहेको छ ।
हराइरहेका अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपीे प्रज्वल महर्जनले जानकारी दिनु भयो ।