१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ ।
दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा संक्रमण पुष्टि भएको नेपाल प्रहरीका एक उच्च अधिकृतले बताएका छन् । हालसम्म यक्त अस्प्तालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।


प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा संक्रमित सक्रिय रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । प्रहरी अधिकारीको पीसीआर परीक्षण प्रहरी अस्पतालमै गरिँदै आएको छ ।