थप ६४१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २६ हजार ६६० पुग्यो

होमल्याण्ड खबर

२०७७ श्रावण ३२ गते, आईतवार १६:४२ मा प्रकाशित

काठमाडौ । नेपालमा थप ६४१ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमित सहित देशभर हालसम्म संक्रमितको कूल संख्या २६ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १२ हजार दुई सय जनाको स्वाबको नमुना परीक्षण गरिएको छ । आज थप १३४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोना जित्नेको कूल संख्या १७ हजार ३३५ पुगेको प्रवक्ता गौतमले बताए । संक्रमितमध्ये आइसीयूमा १०० जनाको उपचार भइराखेको छ भने ६ जना भेन्टिलेटरमा रहेको बताइएको छ ।