च्याम्पियन्स लिग – सेमिफाइनल चरणका खेलहरूको सम्पुर्ण जानकारी !

होमल्याण्ड खबर

२०७७ श्रावण ३२ गते, आईतवार २०:०६ मा प्रकाशित

एजेन्सी : युईएफ च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनल समीकरण पूरा भएको छ ।शनिबार राति इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई फ्रेन्च क्लब लियोनले ३-१ गोल अन्तर पराजित गरे सँगै च् सेमिफाइनल समीकरण पूरा भएको हो

– फाइनल प्रवेशको लागि कस्को भिडन्त को सँग
(१) पहिलो सेमिफाइनल खेल ÷ आरबि लापजिग विरुद्ध पेरिस सेन्टर -जर्मेन ( पीएसजी ) – १९ अगष्ट राति १२:४५ बजे
(२) दोस्रो सेमिफाइनल खेल ÷ ओलम्पिक लियोन विरुद्ध बार्यन म्युनिख , २० अगष्ट राति १२:४५ बजे

फ्रेन्च क्लब पेरिस सेन्टर जर्मेन (पीएसजी) ले अन्तिम आठमा इटालियन क्लब एटलान्टालाई २-१ गोल अन्तरले `स्तब्ध´पार्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । यता जर्मन क्लब लापजिगले भने स्पेनीस क्लब एथ्लेटिको मड्रिडलाई २-१ गोलले `स्तब्ध´ पार्दै पीएसजी सँगको भेट पक्का गरेको हो ।

त्यस्तै अर्को अन्तिम आठको खेलमा जर्मनी क्लब बार्यन म्युनिखले स्पेनीस क्लब बार्सिलोनालाई ८-२ को गोल अन्तरले `ध्वस्त´ पार्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको थियो । यता अर्को खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै फ्रेन्च क्लब लियोनले बार्यन सँगको भेट पक्का गरेको हो ।

यता यश बर्षको च्याम्पियन्स लिगमा युरोपियन फुटबलको पावरहाउस मानिने स्पेनिस, इंग्लिस र इटालियन लिगका क्लबबिना ३० वर्षपछि यूईएफए च्याम्पियनस लिगको सेमिफाइनलमा समिकरण तयार भएको छ । उक्त सेमिफाइनलमा फ्रेन्च क्लब र जर्मनी का क्लबहरू मात्र रहेका छन ।