१० जेष्ठ २०८३, आईतवार
पोखरा। कोरोना संक्रमितको संख्या बढेपछि पोखरामा आज(सोमबार) मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । आइतबार मात्र पोखरामा २२ संक्रमित थपिएका थिए ।
पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको आज बसेको सर्वदलीय बैठकले आज मध्यरातबाट भदौ ८ गते बेलुकासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।


निषेधाज्ञाको अवधिमा घरबाहिर निस्कन पाइने छैन । सो अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहनेछ । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् ।