१० जेष्ठ २०८३, आईतवार
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलले जानकारी दिए । यस पटकको नजिता विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा सार्वजनिक गरेको पौडेले बताए ।
गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । परीक्षाफल प्रकाशित भए पनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्ने जनाएको छ ।


यो पटक त्रुटी सच्याउन विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय आउनुपर्ने व्यवस्था हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि त्यहीँबाट त्रुटी सच्याएर विद्यालयमा पुयाउने व्यवस्था मिलाइएको पौडेलले बताए ।