सवारीसाधन मर्मत गर्ने वर्कसपहरु भदौ १५ गतेसम्मका लागि बन्द

होमल्याण्ड खबर

२०७७ भाद्र १ गते, सोमबार १९:१९ मा प्रकाशित

काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि सवारीसाधन मर्मत गर्ने अटो वर्कसपहरु भदौ १५ गतेसम्म बन्द हुने भएका छन् । कोरोना संक्रमिण्तको संख्या बढ्दै गएको अवस्थामा अटो वर्कसपहरु पनि असुरक्षित नभएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले आजदेखि १५ दिन बन्द गरेको अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले जानकारी दिए ।

संघले आज एक विज्ञप्ति जारी गर्दै सरकारको निर्देशन अनुसार स्वास्थ्य सम्बन्धी नीतिलाई मध्यनजर गरी वर्कशपमा अत्यावश्यक आवश्यकताका सवारी साधन साधन मर्मत गर्नुपरेमा सुरक्षित तरिकाले गर्न आग्रह गरेको छ ।

संघले एम्वुलेन्स, अस्पताल, सुरक्षा निकायका लगायतका अत्यआवश्यक सवारी साधन मर्मत गर्नु परेमा वर्कशपमा, माक्स, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी सुरक्षित तरिकाबाट मात्र मर्मत सम्भार गरी अन्य कामहरु पुर्ण रुपमा बन्द गर्न र गराउनुहुन सम्पुर्ण अनुरोध गरेको छ ।

विज्ञप्तिमा आफू र आफ्नो वर्कशपमा काम गर्ने सहयोगी अटो मेकानिक्सहरु लगायत आफ्नो वरिपरीको वातावरण पनि सुरक्षित गराइदिन पनि आग्रह गरिएको छ ।