प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारी

होमल्याण्ड खबर

२०७७ भाद्र २ गते, मंगलवार १०:१९ मा प्रकाशित

काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारी चयन भएकी छिन् । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिलको अध्यक्षमा भण्डारीलाई कार्यबहाक अध्यक्षमा सिफरिस गरेको हो ।

सरकारले काउन्सिलको नियमावलीसमेत परिवर्तन गरी नयाँ कार्यवाहक अध्यक्ष तोकेको हो । भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्यमा नियुक्त भएकी थिइन् ।

प्रेस काउन्सिलमा अध्यक्ष नभएपछि श्रेष्ठलाई  नै कार्यबाहकको जिम्मेवारी तोकिएको थियो । श्रेष्ठ लामो सयमदेखि काउन्सिलको कार्यबाहक अध्यक्षको पद सम्हालेका व्यक्ति हुन् ।

कार्यबहाक अध्यक्षमा भण्डारी चयन भएसँगै श्रेष्ठ काउन्सिलको सदस्य मात्र  भएका छन् ।