१० मंसिर २०८१, सोमबार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रमबाट मुलुकको विकास र समृद्धिको यात्रा सुनिश्चित भएको दावी गरेका छन् । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सो प्रतिक्रिया दिएका छन् ।
उनले नीति तथा कार्यक्रमअनुसार बजेट आउने र त्यसले जनताको भावनालाई सम्बोधन गर्ने विश्वास पनि गरेका छन् ।अध्यक्ष दाहालले सरकारको नीति तथा कार्यक्रममा संघीयतालाई सुदृढ बनाउने विषयलाई स्पष्टसँग उल्लेख गरिएको दावी समेत गरे ।
अर्को एक प्रसंगमा अध्यक्ष दाहालले संविधान संशोधन गर्ने विषयमा सरकार सहमत रहेको बताए । मधेश केन्द्रीत दलहरु सरकारमा आउने निर्णय भएलगत्तै संविधान संशोधन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत रहनुभएको दावी समेत उनले गरे ।