कोरोना संक्रमणबाट कांग्रेस उपसभापतिको मृत्यु

होमल्याण्ड खबर

२०७७ भाद्र २ गते, मंगलवार १०:४४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नवलपरासी उपसभापतिको कोरोना  भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

कांग्रेस नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीकाे कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो। नवलपरासी सुस्ता निवासी ३८ वर्षीय गिरीको पाटन अस्पताल उपचारको क्रममा मंगलबार बिहान भएको हो ।