कास्की जिल्लामा निषेधाज्ञा, हिँडडुल गर्न समेत नपाइने

होमल्याण्ड खबर

२०७७ भाद्र २ गते, मंगलवार १३:४५ मा प्रकाशित

काठमाडौं । कास्की जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाभाइरसको संक्रमण तथा रोकथाम नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी गराएका छन् । भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको समयमा घरबाट बाहिर निस्कन  र हिँडडुल गर्न पाइने छैन भने मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न नपाइने जारी आदेशमा उल्लेख गरिएको छ ।